• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    अभिनेता विपिन कार्कीलाई मातृशोक

    2K
    SHARES



    काठमाडौं । अभिनेता विपिन कार्कीलाई मातृशोक परेको छ । उनकी आमा सरस्वतीको उपचारको क्रममा विहिबार बिहान ६ बजे पाटन अस्पतालमा निधन भएको छ ।

    अभिनेता कार्कीले दिएको जानकारीअनुसार ४ दिनदेखि भेन्टिलेटरमा राखेर उनकी आमाको उपचार गरिँदै आएको थियो । उनी विभिन्न दीर्घरोगबाट पीडित थिइन् ।

    उनलाई पछिल्लो समय फोक्सोमा पानी जम्ने र मस्तिकष्मा समस्या देखिएको थियो । बिपिनकी आमा सरस्वतीको पार्थिव शरिरलाई आज बिहान १० बजे पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने भएको छ ।

    आमा बिरामी भएपछि बिपिन पछिल्लो फिल्म ‘ऊनको स्वीटर’को छायांकन बीचमै छाडेर काठमाडौं आएका थिए । अभिनेता कार्कीको आज जन्मदिन पनि हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ