मेलम्ची । सिन्धुपाल्चोकको पाँच पोखरी थाङपाल गाउँपालिका वडा नम्बर ७ तिपेनीमा गएको सुख्खा पहिरोका कारण इन्द्रावती नदी आंशिक रुपमा थुनिएको छ।
नदी आंशिक रुपमा थुनिँदा मेलम्ची, तिपेनी लगायत तटीय क्षेत्रका नागरिकहरू त्रसित भएका छन् । गएराति देखि आएको पहिरोका कारण इन्द्रावती नदीको बहाव रोक्न सक्ने भन्दै तिपेनी बजार र इन्द्रावती नदी किनारका नागरिकहरू त्रसित भएका हुन् ।
अझै पनि सुख्खा पहिरो झरिरहेकाले के हुन्छ भन्न सक्ने अवस्था नभएको स्थानीय बताए । पहिरोका कारण पाँच पोखरी प्राथमिक अस्पताल उच्च जोखिममा रहेको छ भने खोला थुनिएमा तिपेनी बजार, हाइड्रोपावर, मेलम्ची बजार लगायतको नदी तटीय क्षेत्रमा प्रत्यक्ष असर गर्ने छ ।
अहिले गाउँपालिकाका अध्यक्ष टासी लामा, अन्य जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी लगायत स्थानीयहरू पहिरोको अवस्थाबारे निरीक्षणमा गएका छन्।
प्रतिक्रिया