काठमाण्डौ। सुनको भाउले नयाँरेकर्ड कायम गरेकाे छ । सुन आज तोलाको ३ सय रुपैयाँले बढेर १ लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
हिजो सुनको भाउ तोलामा एक लाख ४९ हजार सात सय रुपैयाँ रहेको थियो । अस्ति शुक्रवार अहिलेसम्मकै उच्च एक लाख ४९ हजार नौ सय रुपैयाँ पुगेको थियो । हिजो दुई सय रुपैयाँ घटेको सुन आज तोलामा तीन सय रुपैयाँ बढेर अहिलेसम्मकै उच्च रेकर्ड कायम हो ।
प्रतिक्रिया