काठमाडौं । उच्च नाफा आर्जन गर्नेको शीर्ष स्थानमा नबिल बैंक देखिएको छ । बैंकले गत आर्थिक वर्षमा खुद ७ अर्ब ६ करोड ३३ लाख रुपैयाँ नाफा कमाएको छ । यो अघिल्लो वर्ष बैंकले कमाएको नाफाको तुलनामा १०.२३ प्रतिशतले बढी हो ।
नबिल बैंकले आर्थिक वर्ष २०७९/८० मा ६ अर्ब ४० करोड रुपैयाँ खुद नाफा कमाएको थियो । समीक्षा वर्षमा २० वटा वाणिज्य बैंकहरुले कूल ६४ अर्ब १५ करोड ५३ लाख रुपैयाँ नाफा आर्जन गर्दैगर्दा नबिल एक्लैले ७ अर्बमाथिको नाफा आर्जन गर्नु आफैँमा ठूलो उपलब्धि हो । यो कूल नाफाको ११ प्रतिशतको हिस्सा हो ।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ८.६९ प्रतिशतले घटेर १६ अर्ब २० करोड ७० लाख १० हजार रुपैयाँमा सीमित भएको छ । तथापि, बैंकको इम्पेयरमेन्ट चार्ज घटेकाले खुद ब्याज आम्दानी घटे पनि खुद नाफा बढेको हो ।
अघिल्लो आर्थिक वर्षमा ५ अर्ब ४२ करोड ६२ लाख ६९ हजार रुपैयाँ रहेको इम्पेयरमेन्ट चार्ज गत असार मसान्तसम्म आइपुग्दा ३ अर्ब २२ करोड ४३ लाख ९० हजार रुपैयाँमा आएको छ ।
प्रतिक्रिया