• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    बिग बोस १५ का कन्टेष्टेन्ट करण–तेजस्वी बिहे गर्दै

    2.1K
    SHARES



    काठमाडैँ । भारतीय टिभी जगतको चर्चित जोडी हुन् तेजस्वी प्रकाश र करण कुन्द्रा । यी दुवै जना बिग बोस १५ का कन्टेष्टेन्ट थिए भने उक्त शो सकिएपछि दुवैले आफ्नो प्रेम सम्बन्धको पुष्टि गरेका थिए ।

    पछिल्लो केही महिनादेखि यिनीहरूको ब्रेकअप र बिहेको चर्चा निकै प्रायः सुन्नमा आएको छ । यतिबेला भने यो जोडीले छिट्टै बिहे गर्न लागेको खबर आएको छ । सार्वजनिक समारोह, पार्टी होस् वा घुमफिर तेजस्वी र करण प्रायः सँगसँगै देखिन्छन् ।

    यसैबिच बिग बोस ओटीटी ३ की प्रतिस्पर्धी मनिषा खतवानीले करण र तेजस्वीको विवाहको भविष्यवाणी गरेकी छिन् । ट्यारो कार्ड रिडर मनिषा खतवानीले टाइम्स नाउसँगको विशेष कुराकानीमा उनीहरुले अर्को वर्ष बिहे गर्ने बताएकी हुन् ।

    दुवैले विवाहको तयारी सुरु गरेको उनको भनाई छ । तर तेजस्वी र करणले भने आफ्नो बिहेको आधिकारिक पुष्टि गरेका छैनन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ