• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    एक वर्षमा ४५ अर्बको खाद्यान्न आयात

    2.2K
    SHARES



    काठमाडौँ । नेपालमा एक वर्षको अवधिमा कुल ४५ अर्ब बराबरको खाद्यान्न आयात भएको छ । जसमध्ये ६ अर्बको मात्रै बासमती चामल आयात भएको छ ।

    भन्सार विभागले सार्वजनिक गरेको एक वर्षको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८०/०८१ मा ४८ हजार मेट्रिक टन बासमती चामलसहित कुल ४५ अर्ब ४५ अर्ब ७९ करोड रुपैयाँ बराबरको खाद्यान्न आयात भएको हो ।

    उक्त खाद्यान्न आयायतबाट सो अवधिमा २ अर्ब ९८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ । नेपालमा अधिकांश खाद्य वस्तु भारतबाट आयात भएको छ । भारतबाटमात्रै ४४ अर्ब बराबर ९ लाख ६० हजार मेट्रिक टन खाद्यान्न आयात भएको छ ।

    नेपालमा धान, चामल, मकै लगायत विभिन्न खाद्यान्न आयात गरिन्छ । गत आर्थिक वर्ष २०८०/०८१ मा भारत, चीन, मेक्सिको, अर्जेन्टिना, ब्राजिल, जर्मनी लगायत विभिन्न मुलुकबाट आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

    विभागका अनुसार गत आर्थिक वर्षमा ४ लाख मेट्रिक टन धान र चामल आयात भएको छ । यसबाट २२ अर्ब २३ करोड रुपैयाँ बाहिरिएको छ । यस्तै, ३ लाख ५२ हजार मेट्रिक टन मकै आयात गर्दा १४ अर्ब रुपैयाँ खर्च भएको विभागको तथ्याङ्क छ ।

    यस्तै, साढे एक मेट्रिक टन बराबर मैदा, पिठो, गहुँ लगायत खाद्यान्न आयात भएको छ । यसबाट नेपालले १९ अर्ब रुपैयाँ बराबर खर्च गरेको विभागको तथ्याङ्क छ ।

    सोही अवधिमा नेपालबाट १ करोड ५८ लाख बराबरको मात्रै खाद्यान्न निर्यात भएको तथ्याङ्कमा देखाइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया