• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    माछापुच्छ्रे बैंकले संचालनमा ल्यायो नियोन क्रेडिट कार्ड, के–के छ सुविधा ?

    781
    SHARES



    काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकहरूलाई उत्कृष्ट तथा विशिष्ट सेवा प्रदान गर्ने लक्ष्यका साथ नेपाली रुपैयाँ र अमेरिकी डलरमा नियोन क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । आधुनिक जीवनशैलीमा व्यस्त रहने ग्राहक तथा देशविदेश यात्रा गर्ने वर्गलाई लक्षित गरी ‘नियोन क्रेडिट कार्ड’ सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।

    ‘नियोन क्रेडिट कार्ड’ डिजाइन तथा आवरणमा चम्किलो तथा मनमोहक छ, जुन बजारमा उपलब्ध अन्य प्रकारका कार्डहरूभन्दा विल्कुलै भिन्न देखिन्छ । माछापुच्छ्रे बैंकले ‘ग्लो विथ कन्फिडेन्स’ ट्यागलाइनसहित बजारमा ल्याएको नियोन क्रेडिट कार्ड भिसाद्वारा सञ्चालित विश्वव्यापी स्वीकार्य विद्युतीय भुक्तानीको उत्कृष्ट माध्यम भएको बताइएको छ ।

    बैंकका अनुसार नियोन क्रेडिट कार्ड प्रयोग गर्ने ग्राहकहरूले नेपालभरका विभिन्न ३५० भन्दा बढी मर्चेन्टहरूमा विविध वस्तु तथा सेवाको उपभोग र किनमेल गर्दा विशेष छुट तथा क्यास ब्याक अफरहरू प्राप्त गर्न सक्नेछन् । साथै, ५ हजार वा सोबराबरको ट्याप एन्ड पे (क्यासलेस) कारोबार गर्न सक्नेछन्, जसले गर्दा ग्राहकहरूमा प्रिमियम तथा उत्कृष्ट सुविधाको अनुभूति जागृत हुने बैंकको विश्वास छ ।

    नियोन क्रेडिट कार्ड प्रयोगमार्फत विशेष छुट तथा क्यास ब्याक अफर प्राप्त गर्न सकिने मर्चेन्टहरू तथा छुट सम्बन्धी विवरणका बारेमा बैंकको वेबसाइट र सामाजिक संजालमार्फत ग्राहकलाई निरन्तर जानकारी गराइनेछ । नियोन क्रेडिट कार्डको पहिलो संस्करण सीमित अवधिका लागि ल्याइएको माछापुच्छ्रे बैंकको नवीनतम योजना हो । जस योजनाअन्तर्गत सुपरमार्केट, होटल, रेस्टुरेन्ट तथा विविध फ्रेन्चाइज आउटलेट्स आदिमा विशेष छुट तथा अफर सुविधाहरू उपलब्ध गराउने बैंकको योजना छ ।

    माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले खुसी व्यक्त गर्दै भने, ‘हामी नियोन क्रेडिट कार्ड प्रस्तुत गर्न पाउँदा निकै उत्साहित छौँ, जसले हाम्रा ग्राहकहरूको नवीनतम आकांक्षाहरू सम्बोधन हुने र सुरक्षित एवं आधुनिक प्रविधिमैत्री भुक्तानीका माध्यमबाट सदैव ग्राहकवर्गको आकांक्षाको सम्बोधन गरिने हाम्रो प्रयासलाई झल्काउँछ ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया