• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    एक्स प्रयोगकर्ता हालसम्मकै कीर्तिमानी संख्यामा पुगेको एलन मस्कको दाबी

    1.9K
    SHARES



    काठमाडाैं। एलन मस्कले आफ्नो सामाजिक सञ्जाल एक्सको प्रयोगकर्ता हालसम्मकै कीर्तिमानी संख्यामा पुगेको दाबी गरेका छन्। एक्सले एकै दिन विश्वव्यापी रूपमा ४१७ अर्ब प्रयोगकर्ता प्रतिसेकेन्डको रेकर्ड बनाएको मस्कले बताएका छन्।

    सामाजिक सञ्जाल एक्सको एक पोस्टमा मस्कले संयुक्त राज्य अमेरिकामा यो संख्या ९३ विलियन प्रयोगकर्ता प्रतिसेकेन्ड पुगेका उल्लेख गरेका छन्। यो अघिल्लो रेकर्ड ७६ विलियन प्रयोगकर्ता प्रतिसेकेन्डभन्दा २३ प्रतिशतले रहेकाे छ।

    गत मार्चको एक्स तथ्यांकले २५० मिलियन प्रयोगकर्ताले हरेक दिन औसतमा ३० मिनेट एक्स प्रयोग गर्ने दाबी गरेको थियो। अक्टोबर २०२२ मा मस्कले ४४ अर्ब अमेरिकी डलरको सम्झौतामा प्रभावशाली सामाजिक मिडिया प्लेटफर्म–ट्विटरको स्वामित्व लिएका थिए।

    पछिल्लो समय मस्कले शीर्ष कार्यकारीलाई बर्खास्त गरी कम्पनीका आधा कर्मचारी हटाएर खाता पुनर्स्थापनाको समीक्षा गर्न सामग्री मोडरेसन काउन्सिल गठन गरी प्लेटफर्मको सदस्यता सेवालाई सुधार गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया