काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको छ । मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेसँगै सुनकाे मुल्यले नयां रेकर्ड बनाएकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ४७ हजार ८ सय रुपैयाँ पुगेको हो । सोमबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४६ हजार ९सय रुपैयाँमा काराबार भएकाे थियाे । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४७ हजार १ सय रुपैयाँ कायम रहेकाे छ ।
यस्तै आज चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । महासंघले आज चाँदीको मूल्य तोलामा १८ सय ७५ रुपैयाँ कायम रहेको जनाएको छ । हिजो सोमबार १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया