• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    विष्णु पौडेल अर्थमन्त्री बन्ने निश्चित

    3.1K
    SHARES



    काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारमा दुई जना उपप्रधानमन्त्री रहने लगभग निश्चित भएको छ । जसमा एमाले र कांग्रेसका एक-एक जना उपप्रधानमन्त्री हुने निश्चित भएको कांग्रेस र एमालेका नेताहरूले बताएका छन् ।

    ‘कांग्रेसबाट उपप्रधानमन्त्री राखौँ भन्ने अलि बढी जोड छ । त्यसो हुँदा दुई ठुला दलबाट एक-एक जना उपप्रधानमन्त्री राख्ने मोटो सहमति कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबिच भएको बुझिएको छ’, एमालेका एक शीर्ष नेताले भने, ‘त्यसो हुँदा हाम्रोतर्फबाट विष्णु पौडेलजीले अर्थसहित उपप्रधानमन्त्रीको जिम्मा पाउने निश्चित जस्तै छ ।’ ती नेताका अनुसार एमालेबाट बाँकी मन्त्री कोको बन्ने भन्नेबारे अध्यक्ष ओलीबाहेक अरू नेतालाई थाहा नभएको बताए ।

    उनले पहिला त सरकारमा सहभागी हुने दलहरूको टुङ्गो लागेपछिमात्र कुन कुन मन्त्रालय कुन पार्टीले पाउने भन्ने स्पष्ट हुने बताए । ‘पहिला सरकारमा सहभागी हुने दलको टुङ्गो लगाउनुपर्‍यो’, ती नेताले भने, ‘कांग्रेस एमालेबाहेकका साना दललाई अहिले नै सरकारमा समेट्ने वा केही दिनपछि भन्ने शीर्ष नेताहरूबिच छलफल जारी भएकाले सोही अनुसार निर्णय हुन्छ ।’

    उनले कांग्रेस एमालेबाहेकका दलहरू राप्रपा, जसपा, जसपा नेपाल, लोसपा, नागरिक उन्मुक्ति पार्टी र जनमत नयाँ सत्ता समीकरणप्रति सकारात्मक छन् । यी दलमध्ये राप्रपा सरकारमा जाने या नजाने भन्नेबारे निर्णय गरिसकेको छैन ।अरू दल भने सरकारमै जाने सङ्केत गरिसकेका छन् । ‘कांग्रेस एमालेबाहेकका दलसँग शीर्ष नेताहरूले कुराकानी गर्दै हुनुहुन्छ, कुरा मिलेमा साना दललाई एक-एक वटा मन्त्रालय दिन सकिन्छ भन्नेबारे छलफल भएको छ तर टुङ्गो लागिसकेको छैन’, ती नेताको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ