• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    सामसङले नेपालमा सीपमूलक तालिम दिएका ५३ ‍विद्यार्थी दीक्षित, अब निःशुल्क एआई कोर्स पढाउने

    2.3K
    SHARES



    काठमाडौं । सामसङले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) पुल्चोक क्याम्पसमा सञ्चालन गरिरहेको आफ्नो कोर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रम सामसङ इनोभेसन क्याम्पसबाट कोडिङ र प्रोग्रामिङ कार्यक्रममा सहभागी तेस्रो ब्याचका ५३ विद्यार्थी दीक्षित भएका छन् ।

    एक कार्यक्रमका बिच सामसङले पुल्चोक क्याम्पसमा स्नातक र स्नातकोत्तर तहमा विभिन्न इन्जिनियरिङ विषयमा अध्ययनरत विद्यार्थीहरूलाई दीक्षित गरेको हो ।

    सामसङ इनोभेसन क्याम्पस कार्यक्रमअन्तर्गत नेपाली युवालाई आर्टिफिसियल इन्टेलिजेन्स, बिग डेटा, कोडिङ तथा प्रोग्रामिङ र इन्टरनेट अफ थिङ्स जस्ता प्राविधिक सीपमा तालिम दिने योजना छ ।

    यसका लागि सामसङले सन् २०२२ को डिसेम्बरमा आईओईमा उक्त कार्यक्रम सुरुवात गरेको थियो । अब अर्को ब्याचले आर्टिफिसियल इन्टेलिजेन्स विषय पढ्ने सामसङले जनाएको छ । यस कार्यक्रमबाट नेपालमा बलियो प्रविधि र नवप्रवर्तन इकोसिस्टमको विकासमा योगदान पुर्‍याउने कम्पनीको विश्वास छ ।

    २०१९ मा सुरु भएको सामसङ इनोभेसन क्याम्पस कार्यक्रमले विद्यार्थी र बेरोजगार युवाहरूलाई सक्षम बनाउँदै चौंथो औद्योगिक क्रान्तिका मुख्य प्रविधिमा अनुभव गर्न तालिम प्रदान गर्दै आएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया