• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    प्रदेश समाचार

    मौसममा केही सुधार भएसँगै घर फर्कदैं कञ्चनपुरका बाढीपीडित

    1.4K
    SHARES



    काठमाण्डौ। मौसममा केही सुधार भएसँगै कञ्चनपुरका बाढीपीडित घर फर्कन थालेका छन् । लगातार परेको पानीले कञ्चनपुरको नौवटा पालिकाका ४ हजारभन्दा धेरै जना सुरक्षित ठाउँमा सरेका थिए । लगातार ३ दिनसम्मकाे अबिरल बर्षाले जनजिवन अस्तवेस्त बनेकाे थियाे । तर मंगलबार बिहानदेखि पानी पर्नेक्रम केही कम भएको छ ।

    बाढी तथा घर डुबानमा परेका पीडित विद्यालय, वडा कार्यालय, सार्वजनिक ठाउँ र आफन्तकोमा आश्रय लिएका थिए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीका अनुसार अहिलेसम्म दुई हजार जनाभन्दा धेरै घर फर्किएका छन् ।

    दोधारा चादँनी, बेल्डाडी, बेदकोट नगरपालिकालगायत क्षेत्रका बस्ती डुबानमा परेपछि अन्यत्र सरेकाहरु घर फर्कने क्रम जारी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । यस्तै महाकाली नदीमा पानीको सतह घटेपछि आजदेखि बनबासा पुलमा पनि आवागमन खुलेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया