• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    सेयर बजार घट्यो, चार अर्ब ५६ करोड रुपैयाँको कारोबार

    1.1K
    SHARES



    काठमाण्डौ। आज सेयर बजारमा कारोबारसँगै नेप्से परिसूचक पनि घटेको छ । लगातार बढेको पाँच कारोबार दिनपछि आज नेप्से चार दशमलव ६२ अङ्कले घटेर २ हजार १ सय ३६ दशमलव ३५ अङ्कमा झरेको छ ।

    यस्तै हिजो छ अर्ब रुपैयाँभन्दा धेरैको कारोबार भएकोमा आज ४ अर्ब ५६ करोड ९८ लाख रुपैयाँको कारोबार भयो । आज ९५ कम्पनीको मूल्य बढ्दा एक सय ४१ को घट्यो भने १० को स्थिर रह्यो ।

    आज फाइनान्स, लघुवित्त र म्यूचुअल फण्ड बाहेक सबै समूहको शेयर घटेको छ । आज मोलुङखोला जलविद्युत् कम्पनीको शेयर झन्डै नौ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि समाज लघुवित्तको शेयर झन्डै १० प्रतिशतले बढेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया