• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    राजनीति

    कांग्रेससँग सम्झौता होइन, सङ्कट मोचन गर्ने समझदारी भएको हो : एमाले

    1.5K
    SHARES



    काठमाडौँ । एमाले प्रमुख सचेतक महेशकुमार बर्तौलाले कांग्रेस र एमालेबिच भएको सम्झौता नभएर समझदारी भएको दाबी गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक बर्तौलाले दुई दलबिच भएको समझदारीबारे अपारदर्शी भनेर टिप्पणी भए पनि उक्त समझदारी पारदर्शी भएको दाबी गरे । उनले दुई दलबिचको समझदारी देशको सङ्कट मोचन गर्नका लागि भएको पनि बताए ।

    ‘सिङ्गो देशको सङ्कट मोचन गर्न कांग्रेस र एमालेबिच सहकार्य गर्ने समझदारी भएको हो’, उनले भने, ‘यो समझदारी अनुसार अन्य दललाई पनि राष्ट्रिय सरकारमा सहभागी हुन अपिल गर्ने भनिएको छ ।’ उनले प्रधानमन्त्रीले प्रेम एउटासँग गर्ने र लिभिङ टुगेदर अर्कोसँग गर्ने प्रवृत्ति देखाएकाले कांग्रेस एमाले समझदारी भएको दाबी गरे ।

    ‘वर्तमान सरकारलाई एमालेले दिएको समर्थन असार १९ गते फिर्ता लियौँ । समर्थन फिर्ता सँगै एमालेका मन्त्रीहरूले राजीनामा दिनुभयो’, बर्तौलाले अन्जु पन्तको गीत सुनाउँदै भने

    ‘राजीनामा बुझाउने क्रममा प्रधानमन्त्रीले एउटा गीत गाउनुभयो, फत्तेमानको । तर म प्रधानमन्त्रीलाई अन्जु पन्तको गीत सुनाउन चाहन्छु ।’

    उनले ‘तिमीले पराई ठानेपछि, पराई हुन के भयो र ? तिम्रो मेरो बिचको नाता भन्नु पनि के रह्यो र ? ’बोलको गीत गाउँदै प्रधानमन्त्रीले सँगै बसौँ र सरकारलाई विकास सम्मृद्धिको पथमा अघि बढाउन एमालेले चाहे पनि प्रधानमन्त्रीले अर्को दाउपेचको खेलेको आरोप लगाए ।

    ‘उहाँको चुलबुले स्वभाव र उथलपुथलको शैलीको मारमा एमाले पर्‍यो । त्यही भएर हामी बाहिरियौ’, उनले भने, ‘कांग्रेस एमाले साथीको खोजीमा रहेका थिए । दुवै दलहरूले देशको सङ्कटबाट निकास दिनुपर्छ भनेर समझदारी गर्‍यौ ।’ उनले नयाँ समझदारीपछि केही समीक्षा भएको भन्दै प्रधानमन्त्रीले कहिले कांग्रेस र कहिले एमालेलाई गैँडाले चाटेजस्तो गरेको टिप्पणी गरे ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ