• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    ग्लोबल आईएमई बैंक र नास-आईटीले सूचना प्रविधिको विकासमा सहकार्य गर्ने

    1.1K
    SHARES



    काठमाण्डाै। ग्लोबल आईएमई बैंक लिमिटेड र नेपाल एसोसिएशन अफ सफ्टवेयर एन्ड आईटी सर्भिसेस (नास–आईटी) बीच दिगो साझेदारीसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ ।

    सम्झौतामा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल तथा नास-आईटीका अध्यक्ष रिचन श्रेष्ठको उपस्थितिमा बैंकको तर्फबाट प्रमुख बजार अधिकृत दिलिप पोखरेल र नास-आईटीको तर्फबाट कोषाध्यक्ष अभय पौडेलले हस्ताक्षर गर्नुभएको छ ।

    नेपाल सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/८२ को बजेटमा आउँदाे वर्षलाई सूचना प्रविधि दशकको प्रस्थान वर्षको रूपमा मनाउने गरी यस क्षेत्रलाई प्राथमिकतामा राखेको छ ।

    राज्यको प्राथमिकतामा रहेको यस क्षेत्र अर्थतन्त्रको संवाहकका रूपमा रहेको र ग्लोबल आईएमई पनि सधैँ राज्यप्रति उत्तदायी संस्थाको रूपमा रहेकोले यो सम्झौता भएकाे अधिकृत पोखरेलले बताउनुभयाे । यो सम्झौता नेपालमा सूचना प्रविधिको विकास, विस्तार र व्यवसायीकरणमा कोशेढुङ्गा सावित हुने उहाँले उल्लेख गर्नुभयो ।

    सम्झौताअन्तर्गत ग्लोबल आईएमई बैंकले नास–आईटीसँग सम्बन्धित संस्था र आबद्ध कर्मचारीहरूका लागि सहज तथा सुलभ रूपले बैंकिङ सेवा प्रदान गर्ने जनाएको छ । साथै एकआपसमा पारस्परिक सम्बन्ध तथा सीपमूलक कार्यक्रमहरू आयोजना गरी दुवै संस्था तथा आबद्ध कर्मचारीहरूको ज्ञान, सीप, अनुभव विकास हुने कार्यक्रमहरू अगाडि बढाइने छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया