काठमाडौँ। निवल बैंक लिमिटेडले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषलाई आर्थिक सहयोग गरेको छ । बिहिबार बैंककाे धनगढी शाखाले बिपन्न परिवारका बालबालिकाहरुको लागि विद्यालय पोसाक तथा पाठ्य सामग्री खरिद गर्न सहयाेग पुर्याउने हेतले ७८ हजारबढि सहयाेग गरेकाे हाे ।
बैंकले धनगढी नगर प्रमुख शैक्षिक सुधार कोषमा शैक्षिक गुणस्तर सुधार कार्यक्रम सञ्चालनका लागि छनौट भएका नमुना विद्यालयका १५ जना बालबालिकाका लागि पोसाक तथा पाठ्य सामग्री खरिद गर्न ७८ हजार ७५० रुपैयाँ सहयोग गरेको जनाएको छ ।
धनगढी उपमहानगरले ग्रामीण क्षेत्रका विद्यालयलाई छनौट गरी नमुना विद्यालय बनाउन पहल चालेको छ । ती विद्यालयमा अध्ययनरत छात्रछात्राहरु आर्थिक अभावका कारण ड्रप आउट हुन नपरोस् भनेर नगर प्रमुख शैक्षिक सुधार कोष स्थापना गरिएको हो ।
प्रतिक्रिया