• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    एक्सको विकल्पमा ल्याइएको भारतीय एप कू बन्द

    1.9K
    SHARES



    काठमाडाैं। भारतले अमेरिकी माइक्रोब्लगिङ वेबसाइट एक्स (पहिलाको ट्विटर)को विकल्पमा ल्याएको एप बन्द हुने भएको छ । लाखौँ प्रयोगकर्ता भएकाे भारतीय माइक्रोब्लगिङ वेबसाइट कूले बिहीबार आफ्नो सेवाहरू बन्द गर्ने घोषणा गरेकाे हाे।

    पैसाको अभाव अनि प्रविधिको लागि उच्च खर्चका कारण धान्न नसक्ने भएर सेवा बन्द गर्न लागिएको कूका संस्थापकहरूले बताएका छन् । कूलाई सन् २०२० मा १० भन्दा बढी भारतीय भाषाहरूमा लञ्च गरिएको थियो ।

    एक्स र भारत सरकारबीचको विवादबीच कयौं मन्त्रीहरुले यो एपलाई समर्थन गरेपछि सन् २०२१ यता भारतीय प्रयोगकर्ताहरूमाझ यो लोकप्रिय बन्दै आएको थियो ।

    प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले झुटा खबरहरू फैलाइरहेका पत्रकार, समाचार संस्था र प्रतिपक्ष दलका केही नेताहरूसमेतको एकाउन्ट बन्द गर्न एक्सलाई अनुरोध गरेका थिए ।

    शुरुमा एक्सले सरकारको कुरा मानेपनि अपर्याप्त स्पष्टीकरण भन्दै खाता रिस्टोर गरेको थियो । यस घटनापछि सरकारले भारतमा रहेका कम्पनीका कर्मचारीहरू विरुद्ध कानूनी कारवाही गर्ने चेतावनी दिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया