काठमाडौँ । नेपाल युवा उद्यमी मञ्च काठमाडौँको छैटौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । राजधानीकाे याक एन्ड यतिमा भएको साधारण सभामा मञ्चका नव-निर्वाचित अध्यक्ष अभिमन्यु गोल्छा लगायत कार्यसमिति सदस्यहरूलाई परिचय गराइएको थियो ।
प्रार्थना साखःको अध्यक्षतामा भएको कार्यक्रममा युवा र महिला उद्यमशीलता प्रवर्द्धन गर्ने विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो ।
कार्यक्रममा नेपाल युवा उद्यमी मञ्च स्टार्टअप अवार्ड, महिला उद्यमी सम्मान कार्यक्रम, नेपाल युवा उद्यमी मञ्च जुनियर उद्यमशीलता कार्यक्रम र विभिन्न नेटवर्किङ कार्यक्रम आयोजना गरिएको थियो ।
नव-निर्वाचित अध्यक्ष गोल्छाले संगठनको उत्कृष्ट परम्परालाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन् । मञ्चका नवनिर्वाचित पदाधिकारीहरूले उद्यमशीलता प्रवर्द्धन गर्न, नेपालका युवा र महिलाका लागि अवसर सिर्जना गर्ने विषयमा आआफ्नो भूमिकालाई प्रभावकारी ढङ्गले अगाडि बढाउने बताएका छन् ।
प्रतिक्रिया