• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश विज्ञान-प्रविधि

    निःशुल्क भीपीएन प्रयोग गरेमा माछापुच्छ्रे बैंकको मोबाइल बैङ्किङ एप नचल्ने

    2.1K
    SHARES



    काठमाडौं । निःशुल्क उपलब्ध हुने भीपीएन (भर्चुअल प्राइभेट नेटवर्क) प्रयोग गर्दा माछापुच्छ्रे बैंकको मोबाइल बैङ्किङ एप नखुल्ने भएको छ । बैंकले भीपीएन प्रयोग गर्दा डिभाइस नै ह्याक हुने सम्भावना भएकोले त्यस्तो बेला एप नखुल्ने बनाएको हो ।

    “ग्राहकको हितलाई संरक्षण गर्न निःशुल्क भीपीएन प्रयोग भइरहेको बेला यस बैंकबाट सञ्चालित मोबाइल बैंकिङ (M-Smart) नचल्ने कुरा जानकारी गर्दछौं,” बैंकले हालै एक सूचना जारी गर्दै लेखेको छ, “ मोबाइल बैंकिङ (M-Smart) बाट उपलब्ध सेवाहरू प्रयोग गर्ने बखत यदि भीपीएन अन भएको खण्डमा उक्त भीपीएन अफ गरेपश्चात् मात्र एम-स्मार्ट चल्नेछ ।”

    विद्युतीय उपकरणमा हाल निःशुल्क भीपीएन सेवाको प्रयोग बढ्‌दै गएकाले ठूलो मात्रामा साइबर सुरक्षा जोखिम उत्पन्न हुन सक्ने उक्त बैंकले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया