• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    व्यक्तिगत समस्यालाई व्यवसायीले सामान्यीकरण गरिरहेका छन्: गभर्नर

    837
    SHARES



    काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले व्यक्तिगत समस्यालाई व्यवसायीले सामान्यीकरण गरिरहेका बताएका छन् । आर्थिक पत्रकार समाज (सेजन)ले काठमाडौँमा आयोजना गरेको मौद्रिक नीति सम्बन्धी छलफल कार्यक्रममा गभर्नर अधिकारीले यस्तो बताएका हन् ।

    केही व्यवसायीले आफूले धेरै ऋण लिएको कारण समस्यामा पर्दा समग्र क्षेत्रमै समस्या परिरहको जसरी प्रस्तुत हुने गरिरहेको समेत आरोप लगाए।

    अहिले नै कतिपय व्यवसायीमा उच्च कर्जा लगानी भएकोले योभन्दा बढी ऋण दिने अवस्था भएमा पछिल्ला दिनमा झन् समस्या आउने उनले बताए।

    उनले व्यवसायलाई आवश्यक नै पर्दा चालु पुँजी कर्जामा पनि ३-१० वर्षसम्म बिना सीमा चालपुँजी कर्जा दिन सक्ने व्यवस्था रहेको स्पष्ट पारे।

    उनले नेपाल जस्तो कम विकसित मुलुकमा अनिवार्य लगानी क्षेत्र तोक्न आवश्यकता रहको पनि दोहोर्याएका छन्।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया