काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार (आज)सुनको मूल्य तोलामा २ हजार ७ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख ४२ हजार रुपैयाँ कायम भएको हो ।
यसअघि शुक्रबार सुनको मूल्य तोलामा १ लाख ४४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो । महासंघका अनुसार आइतबार तेजाबी सुन तोलामा १ लाख ४१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यसैबीच आइतबार चाँदीको मूल्य पनि घटेको छ । शुक्रबार तोलामा १ हजार ८६५ रुपैयाँमा कारोबार भएको चाँदी आइतबार घटेर १ हजार ८१५ रुपैयाँमा कारोबार भएको हो ।
प्रतिक्रिया