• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विज्ञान-प्रविधि

    सामसङले ल्यायो स्मार्टफोन कन्ट्रोल गर्ने अनौठो जुत्ता, सोलमा सेन्सर

    3.9K
    SHARES



    काठमाडौं । चर्चित इलेक्ट्रोनिक्स ब्रान्ड सामसङले फोनलाई नियन्त्रण गर्ने जुत्ता (स्निकर) बनाएको छ । खुट्टाको चालको भरमा फोन चलाउन सकिनेगरी कम्पनीले यस्ताे जुत्ता उत्पादन गरेकाे हाे ।

    यसका लागि सामसङले विश्व प्रसिद्ध स्निकर डिजाइनर रोयल भ्यान होफ सहित अन्य धेरैसँग सहकार्य गरेको छ । यस उत्पादनलाई सामसङले ‘भविष्यको स्निकर’ उपमा दिएको छ ।

    किनकि जुत्ताबाटै सामसङ फोन चलाउन सकिन्छ । यसका लागि जुत्ताको सोलमा सेन्सरहरू राखिएकाे छ । जसले पाँच फरक चाल पहिचान गर्ने र त्यसका आधारमा फोन चलाउन सक्छ । जसमा निश्चित नम्बरमा कल गर्नेदेखि गीत बजाउन सकिने कम्पनीकाे भनाइ छ ।

    यद्यपि यो जुत्ता सामसङले बिक्री गर्नका लागि बनाएको होइन । साम मोबाइलका अनुसार सामसङले जम्मा नौ वटा यस्ताे जुत्ता तयार पारेकाे छ, जसलाई सामसङले आफ्ना फ्यान मेम्बरहरूमध्ये केहीलाई दिनेछ । सामसङ ग्यालेक्सी प्रयाेगकर्ताको समुदायलाई नै सामसङ मेम्बर भनेर चिन्ने गरिन्छ ।

    यसमा प्रयोगकर्ताले सामसङ मेम्बरको मोबाइल एपमार्फत ९ जुलाईसम्म सहभागी हुन सक्नेछन् । जुलाईको दोस्रो हप्तामा विजेता चयन गर्ने कम्पनीले जनाएकाे छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया