काठमाडौँ । वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । २० वटै वाणिज्य बैंकहरुले असार महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका हुन् ।
अधिकांश बैंकहरुले ब्याजदर घटाउँदै असारका लागि निक्षेपमा अधिकतम ८.२५ प्रतिशतसम्म ब्याजदर प्रस्ताव गरेका छन् । जेठ महिनाका बैंकहरुले न्यूनतम ५.६६ प्रतिशतदेखि ७.८ प्रतिशतसम्म ब्याज प्रदान गरेका थिए ।
असार महिनाका लागि हिमालयन बैंक, माछापुच्छ्रेे बैंक र नबिल बैंकले क्रमशः ८.२५ प्रतिशत, ७.५ प्रतिशत र ७ प्रतिशतले बाहेक बाँकी १८ वटा बैंकले ब्याजदर बढाएका छैनन् । जेठ महिनाका लागि हिमालयन बैंकले ७.५ प्रतिशत ब्याजदर प्रदान गरेकोमा माछापुच्छ्रे बैंकले ७.२६ प्रतिशत र नबिल बैंकले ६.७५ प्रतिशत ब्याजदर तोकेको थियो ।
जेठका लागि ५.६६६१ प्रतिशत ब्याजदर प्रदान गरेको कृषि विकास बैंकले असार महिनाका लागि पनि सोही ब्याजदर तोकेको छ । यस्तै, नेपाल बैंकले पनि यसै महिनाको ६.७५ प्रतिशतको ब्याजदरलाई असारमा पनि निरन्तरता दिने जनाएको छ ।
प्रतिक्रिया