• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    हिन्दी गीतको राम्रो लागेर रोएको भिडियो बनाएको हो : एलिना

    2.4K
    SHARES



    काठमाडौँ । गायिका एलिना चौहान फेरि चर्चामा छाएकी छन् । यतिबेला उनको रुँदै गरेको एक भिडियोको सामाजिक एक दमै चर्चा भइरहेको छ । जसलाई उनले मंगलबार इन्स्टाग्राममा राखेकी थिइन् । रुँदै गरेको भिडियोमा उनको अनुहारमा नीलडाम देख्न सकिन्छ ।

    भिडियो हिन्दी गीत ‘थारा पैसा, थारी दौलत, थारी गाडी, थारी नाम, थारा बंगला, थारा काम, तुम्ही रखो रे’मा बनाएकी छन् । भिडियोमा उनले क्याप्सनमा लेखेकी थिइन्,‘एक वास्तविक मानिसले पागल हुँदा पनि तपाईंलाई आदर गर्नेछ ।’

    एलिनाको उक्त भिडियोलाई लिएर मानिसहरूले विभिन्न अनुमान गरेका छन् । केही समय अगाडि मात्र विवाह गरेकी एलिनाको पति-पत्नीबिच झगडा परेको हो कि भनेर कतिपयले अनुमान समेत लगाएका छन् ।

    भिडियोमा विभिन्न टिप्पणी हुन थालेपछि एलिनाले आफैँले सामाजिक सञ्जालमा एक भिडियो पोष्ट रोएको भिडियो हिन्दी गीतको राम्रो लागेर बनाएको बताएकी छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ