• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

अन्तराष्ट्रिय रोचक-विचित्र

उडानको समयमा परेकाे असिनाले अस्ट्रियन एयरलाइन्सको विमानमा क्षति

6.1K
SHARES



काठमाडौँ। अष्ट्रियन एयरलाइन्सको एउटा विमान असिनाले क्षत विक्षत भएको छ । आइतबार आकाशमा उडिरहेको समयमा असिनाले हिर्काएर विमान क्षति भएको हो ।

यस्तो समयमा विमानमा टर्बुलेन्स पनि हुन सक्छ । घटनाको समयमा विमानमा १७३ जना यात्री र ६ जना क्रु मेम्बर थिए । विमान स्पेनको पाल्मा डे मालोर्काबाट अस्ट्रियनको भियन्ना जाँदै थियो । विमान सुरक्षित रूपमा भियन्ना अवतरण गरिएको छ ।

असिनाले हिर्काएर विमानको अगाडिको भाग भाँच्चिएको, ककपिटको अगाडिको हिस्सा बाङ्गिएको अनि ककपिटको झ्यालको सिसा चर्किएर फुटेको सामाजिक सञ्जालमा पोस्ट गरिएको तस्बिरले देखाएको छ । असिनाका कारण विमानमा अन्य क्षति भएको छ कि भनेर चेकजाँच भइरहेको बताइएको छ ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ