काठमाडौं । अछामको बयलपाटा अस्पताल सञ्चालनमा आर्थिक अभाव देखिएको भन्दै नेपाली कांग्रेसका सहमहामन्त्री एवं सांसद बद्री पाण्डे सहयोगका लागि नेपाल सरकारलाई आग्रह गरेका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकको आकस्मिक समयमा उनले उक्त अस्पताललाई कोभिड-१९ पछि अन्तर्राष्ट्रिय अनुदान सहयोग आउन रोकिएको बताएका हुन् ।
उनले कोरोनापछि सुदूरपश्चिम सरकारले सञ्चालनमा आर्थिक सहयोग गर्दै आएको भएपनि पछिल्लो बजेटमा खर्च कटौती भएपछि सञ्चालनमा समस्या आएको र बन्द हुने अवस्था पुगेको पानी बताए ।
सांसद पाण्डेले सुदूरपश्चिम प्रदेशको आगामी बजेटमा सञ्चालन व्यवस्थापनका लागि बजेट विनियोजन गर्न र साथै संघीय सरकारबाट पनि अनुदान प्रदान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया