• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश

    आज सुनको भाउ स्थिर

    603
    SHARES



    काठमाडौं । आइतबार तोलाको ४ हजार रुपैयाँले घटेको सुनको भाउ सोमबार स्थिर छ । शनिबार अन्तर्राष्ट्रिय बजारमा गिरावटसँगै आइतबार एकैदिन ४ हजार घटेको थियो ।

    तर, आइतबार अन्तर्राष्ट्रिय बजारमा बन्द हुने सुन कारोबारले सोमबार नेपाली बजारमा आइतबारकै मूल्यमा सुन कारोबार भइरहेको छ ।

    सोमबार छापावाला सुन तोलाको १ लाख ४१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो । यस्तै तेजाबी सुन तोलाको १ लाख ४० हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार चाँदीको मूल्य पनि स्थिर छ । आइतबार तोलाको १ हजार ८ सय २५ रुपैयाँ रहेको चाँदी सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ