• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    खेलकुद समाचार

    टी–२० विश्वकप: रोमाञ्चक खेलमा श्रीलंकालाई हराउदै बंगलादेश विजयी

    1.3K
    SHARES



    डालास । टी–२० विश्वकपमा समूह डी मा श्रीलंकाले लगातार दोस्रो हार बेहोरेको छ । शनिबार भएको रोमाञ्चक खेलमा श्रीलंका बंगलादेशसँग २ विकेटले पराजित भएको हो ।

    जितका लागि पाएको १ सय २५ रनको लक्ष्य बंगलादेशले १९ ओभरमा ८ विकेटको क्षतिमा पूरा गर्‍यो । बंगलादेशका लागि तौहिद हृदोयले सर्वाधिक ४० रनको योगदान दिए ।

    उनले मात्र २० बलमा १ चौका र ६ छक्का हिर्काए । विकेटकिपर लिट्टन दासले ३८ बलमा ३६ रनको योगदान दिए । उनले २ चौका र १ छक्का हिर्काए ।

    मोहम्मदुल्लाहले १३ बलमा १६ रन बनाए । श्रीलंकाका लागि नुवान थुसाराले ४ विकेट लिए । वानिन्दु हसर्रगाले २ तथा धनञ्जय डी सिल्भा र मथिसा पथरिनाले १–१ विकेट लिए ।

    यसअघि टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २४ रन बनाएको थियो ।

    श्रीलंकालाई ठुलो स्कोर बनाउनबाट रोक्न रिसाद होसेन र मुस्तफिजुर रहमानले कसिलो बलिङ गरे । होसेनले ४ ओभरमा मात्र २२ रन खर्चेर ३ विकेट लिए ।

    रहमानले ४ ओभरमा १७ रन खर्चेर ३ विकेट हात पारे । त्यस्तै, तास्किन अहमदले २ विकेट लिए । श्रीलंकाका लागि ओपनर पाथुम निशांकाले सर्वाधिक ४७ रनको योगदान दिए । उनले २८ बलमा ७ चौका र १ छक्का प्रहार गरे ।

    त्यस्तै, धनञ्जय डी सिल्भाले २६ बलमा २१ रन बनाए । चरिथ अशलंकाले २१ बलमा १९ रन जोडे । भेटरान खेलाडी एन्जेलो म्याथुजले १९ बलमा १६ रन बनाए भने कुशल मेन्डिसले ८ बलमा १० रनको योगदान दिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ