• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    जापानले लन्च गर्‍यो विद्युतीय चम्चा, नुनको सेवन कम गर्न मद्दत गर्ने

    4K
    SHARES



    काठमाडौं। जापानी प्रविधि कम्पनी किरिन होल्डिङ्सले व्यावसायिक रूपमै स्वाद बढाउने चम्चा बजारमा ल्याएको छ । यो चम्चाले खानाको स्वाद सुधार्ने कम्पनीको दाबी छ । कम्पनीले केही वर्ष अघि नै यो चम्चा बनाएको थियो ।

    कम्पनीको अनुसन्धाताले मेइजी विश्वविद्यालयका वैज्ञानिकहरूसँग मिलेर स्मार्ट चम्चा बनाएका थिए । यस चम्चाले खानालाई वास्तविक भन्दा नुनिलो र स्वादिलो बनाउन बिजुलीको प्रयोग गर्थ्यो । त्यति बेला कम्पनीले स्मार्ट चम्चा र कचौरा दुवै बनाउन काम गरिरहेका थिए ।

    यसले खानालाई वास्तविक भन्दा डेढ गुणा नुनिलो स्वाद थपिदिने बताइएको थियो । तर अहिले व्यावसायिक विक्रीका लागि कम्पनीले चम्चा मात्रै ल्याउन सकेको छ । यो चम्चाको नाम इलेक्स्पून दिइएको छ ।

    यो चम्चाको सहायताले खानाबाट नुनको मात्रा कम गराएर प्रयोगकर्ताहरूलाई स्वस्थ राख्न मद्दत गर्ने बताइएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ