काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी) को डिजिटल बैंकिङ्ग सेवा २ दिनका लागि अवरुद्ध हुने भएको छ । यी दुई बैंकको सेवा शुक्रबार र सनिबार गरि दुईदिन अवरुद्ध हुने भएको हो ।
बैंकको कोर बैंकिङ्ग सिस्ट (सीबीएस) को डेटा सेन्टर परीक्षणसम्बन्धी कार्य गर्नुपर्ने भएकाले आज (जेठ २५) राति ११ बजेदेखि ११:३० बजेसम्म र शनिबार (जेठ २६) राति ११ बजेदेखि ११ः३० बजेसम्म सेवा अवरुद्ध हुने भएको जनाइएको छ ।
सो समयमा इन्टरनेट बैंकिङ्ग, मोबाइल बैंकिङ्ग, कार्ड, एटिएम, पीओएस तथा इन्टरबैंक ट्रान्सफरलगायतका कारोबार नचल्ने बैंकद्वारा जारी सन्देशमा भनिएको छ ।
प्रतिक्रिया