• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश

    माछापुच्छ्रे बैंकद्वारा सल्यानको विद्यालयलाई खानेपानी पूर्वाधार निर्माण गरि हस्तान्तरण

    1.8K
    SHARES



    काठमाडौँ । माछापुच्छ्रे बैंकले कर्णाली प्रदेशको सल्यानस्थित एक विद्यालयका लागि खानेपानी पूर्वाधारको निर्माण गरिदिएको छ। बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत सल्यानको शारदा नगरपालिका वडा नम्बर १५ माल्नेटामा रहेको त्रिभुवन जन माध्यामिक विद्यालयमा खानेपानी पूर्वाधार निर्माण गरी हस्तान्तरण गरेको जनाएको छ।

    गत बुधबार विद्यालयमा आयोजित एक औपचारिक समारोहका बीच उक्त खानेपानी सुविधाको हस्तान्तरण गरिएको हो। विद्यालय संचालनका लागि अति आवश्यक पर्ने खानेपानीको अभावका कारण पठनपाठनमा समेत समस्या परिरहेको जानकारी पाएपश्चात बैंकले उक्त विद्यालको अवस्था अवलोकन गरी पूर्वाधारहरू निर्माण गरेको जानकारी दिएको छ।

    २८९ जना विद्यार्थी एवं १८ जना शिक्षक/कर्मचारी कार्यरत विद्यालयले ३ हजार ५०० मिटर टाढा रहेको मुहानबाट अस्थायी रुपमा पानीको पाइप जडान गरी खानेपानीको व्यवस्था गर्दै आएको थियो। तर खडेरीको समयमा पानी सुक्ने, डढेलो लागेको बेलामा पानीको पाइप जलेर आपूर्ति बन्द हुने लगायतका समस्या रहेको थियो।

    उक्त समस्यालाई मध्यनजर गर्दै बैंकले स्थायी रुपमा खानेपानी आपूर्तिका लागि मुहानमा ट्याङ्की निर्माण गर्नुका साथै विद्यालय परिसरमा धाराको निर्माण गरेको छ। बैंकले झण्डै २ महिनाको समय लगाएर उक्त पूर्णधारहरू निर्माण गरेको थियो।

    बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत देशका विभिन्‍न स्थानहरूमा विभिन्‍न संघसंस्थाहरूसँग मिलेर स्वास्थ्य, शिक्षा, पूर्वाधार निर्माण, वित्तीय साक्षरता, दिगो विकास लगायतका क्षेत्रहरूमा काम गर्दै आएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ