• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    रोचक-विचित्र

    अन्तर्राष्ट्रिय प्रविधि कार्यक्रममा उड्ने कार प्रदर्शन

    4K
    SHARES



    काठमाडौँ। जापानको राजधानी टोकियोमा अन्तर्राष्ट्रिय प्रविधि कार्यक्रममा हेक्सा फ्लाइङ्ग कारको प्रदर्शन भएको छ । सो कार्यक्रममा उड्ने कारलाई हावामा उडाएर देखाइएको थियो । टोकियो बिग साइट कन्भेन्सन सेन्टरको क्याम्पसमा सयौँ मानिसहरूको सामुमा यो कार जमिनबाट करिब १० मिटरमाथि सम्म उडेको थियो ।

    यो विद्युतीय उड्न कारलाई अमेरिकी कम्पनी लिफ्ट एयरक्राफ्ट इंकले बनाएको हो । यसमा १८ ओटा प्रोपेलर छन् । यसमा एक पटकमा एक जना मात्रै बस्न सक्छन् । यो ड्रोनकै ठूलो रूप हो । कार साढे ४ मिटर चौडा र २.६ मिटर अग्लो छ । यसको कूल तौल १९६ केजी छ ।

    कम्पनीका अनुसार हेक्साको डेमो पुनः गरिनेछ । आगामी शनिबार, बुधबार र बिहिबार तीन दिनसम्म हरेक दिन १५ मिनेटको सेसन हुनेछ । धेरैभन्दा धेरै मानिसहरूले यो अत्याधुनिक प्रविधिको प्रयोग गरुन भन्ने आफ्नो चाहना भएको पहिलो उडानको बेलामा टोकियोकी गभर्नर युरिको कोइकेले भनेकी थिइन् ।

    यातायात व्यवस्थालाई झनै राम्रो बनाउन उड्न कारलाई परिवहनको सामान्य साधन बनाउन आफू उत्सुक रहेको पनि उनले बताइन् ।

    जापानले छिट्टै नै उड्ने कार सञ्चालनमा ल्याउने तयारी गरिरहेको छ । यसका लागि सुजुकी र स्काइड्राइभ लगायत कम्पनीहरूले पनि प्रयास गरिरहेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ