• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    कार्यदलमा आज पनि टीओआरमा जुटेन सहमति

    717
    SHARES



    काठमाडौँ । संसदीय छानविन समितिको कार्यादेश (टिओआर) टुंगो लगाउन बसेको कार्यदल बैठक बसिरहेको छ । कार्यदलमा टिओआर के बनाउने भन्ने विषयमा भने सहमति जुटिनसकेको एमाले प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।

    उनले छलफल जारी रहेकाले केही समयपछि पुन नेताहरुसँग छलफल गरेर बैठक बस्ने बताए । उनकाअनुसार नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको छ ।

    ‘कांग्रेसका तर्फबाट नयाँ प्रस्ताव आयो तर छलफल जारी नै छ टुंगिएको छैन । गृहमन्त्रीको नाम नराख्ने हो भने उहाँ जोडिएका संस्थाकाे नाम राखेर जाऔँ भन्ने रह्याे ।

    त्यसैले हामीले छलफललाई निरन्तरता दिने कुरा गरेका हौँ । पुनः छलफलका लागि केही समयपछि बस्छौ । त्यस्तै पर्दा संसद् भवनमा पनि बस्छौ ’, बर्तौलाको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ