काठमाडौँ । नेपाली कांग्रेसले जेठ १३ गते राजधानी काठमाडौँमा प्रदर्शन गर्दै छ । बुधबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले १३ गते २ बजे काठमाडौँ जिल्ला समितिको संयोजनमा विशेष प्रदर्शन गर्ने निर्णय गरेको हो ।
कांग्रेस प्रवक्ता प्रकाशशरण महतले भने, ‘आन्दोलनको कार्यक्रम जेठ ११ गतेका लागि प्रस्तावित भएपनि तयारी नपुग्ने भएपछि १३ गतेका लागि तय गरिएको छ ।’ कांग्रेसले काठमाडौँ, ललितपुर र भक्तपुरको संयुक्त आयोजनामा प्रदर्शनी मार्गमा आन्दोलन गर्ने भएको हो ।
सहकारीमा अर्बौं रुपैयाँ दुरुपयोग भएको भन्दै प्रवक्ता प्रवक्ता महतले सरकार छानबिन गर्न तयार नभएपछि आफूहरू सडकमा आउन लागेको बताए । उनले भने,‘गिरिबन्धु टी-स्टेटमा भएको नीतिगत भ्रष्टाचारको विरुद्धमा आवाज उठाउने छौँ । अदालतको आदेश कार्यान्वयनमा सरकारलाई खबरदारी गर्छौं ।’
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै आएको छ ।
प्रतिक्रिया