• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    विजनेश समाचार

    शाख समूह र हङकङको बोर होटलसँग लगानीका लागि दुई पक्षीय सम्झौता

    1.6K
    SHARES



    काठमाडौँ । लगानी सम्मेलनको दोस्रो दिन आज शाख समूहले चीनको बोर होटलसँग लगानीका लागि दुई पक्षीय सम्झौता गरेको छ । नेपालको शाख समूहले हङकङको होटल समूहसँग नेपालमा लगानी ल्याउनका लागि सम्झौता (एमओयू) गरेको हो ।

    शाख समूहका किरण शाखले चीनको बोर होटलसँग १ सय मिलियन चिनियाँ युवान लगानीको सम्झौता सम्पन्न भएको हो । एमओयू सम्झौतामा शाख समूहका अध्यक्ष किरण शाखले र बोर होटलकातर्फबाट लि पिंगले हस्ताक्षर गरे । सम्झौताअनुसार कपिलवस्तुमा २ सय भन्दा धेरै कोठा भएको बोर होटल निर्माण हुनेछ ।

    सम्झौताअनुसार बोर होटलले रकम लगानी गर्नेछ भने जग्गा शाख समूहको हुनेछ । बोर हाटेल समूहले कपिलवस्तुको जग्गा समेत हेरेर फर्किएको शाखको भनाइ छ । होटल सञ्चालनमा आएपछि प्रतिकोठाको मूल्य २ देखि ३ हजार चिनियाँ युवानसम्म हुने बताइएको छ ।

    बोर होटलले हाल मकाउ, कम्बोडिया, भियतनाम, लाओस र जापान लगायत देशमा सञ्चालनमा आइसकेको छ । कपिलवस्तुमा स्थापना हुने यो होटल १.५ मिलियन स्क्वायार फिट जमिनमा खुल्नेछ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ