• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    स्लोभाकियाका प्रधानमन्त्रीमाथि गोली प्रहार, अवस्था गम्भीर

    857
    SHARES



    काठमाडौँ । स्लोभाकियाका प्रधानमन्त्री रोबर्ट फिकोमाथि बुधबार गोली प्रहार भएको छ। धेरै गोली लागेर उनी गम्भीर घाइते भएको द न्यूयोर्क टाइम्सले जनाएको छ। यो घटनालाई त्यहाँको सरकारले फिकोको हत्या प्रयास भनेको छ।

    एक सरकारी बैठक सकेर बाहिर निस्किँदै गर्दा फिकोमाथि थुप्रै पटक गोली प्रहार भएको हो। स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाका अनुसार गोली हानेको आशंकामा एक जनालाई घटनास्थलबाटै पक्राउ गरिएको छ।

    प्रधानमन्त्री फिकोको आधिकारिक फेसबुक पेजमा उनको अवस्थाबारे पोस्ट गरिएको टाइम्सले जनाएको छ। जस अनुसार फिकोलाई धेरै गोली लागेकाले उनको अवस्था गम्भीर छ।

    गोलीका कारण फिकोको शरीरमा कति र कस्तो खालको असर परेको छ भन्ने तत्काल यकिन भइसकेको छैन। मध्य स्लोभाक सहर ह्यान्ड्लोभामा भएको यो आक्रमणबारे प्रहरीले पनि हालसम्म कुनै प्रतिक्रिया दिएको छैन।

    स्लोभाक र अन्य युरोपेली अधिकारीहरूले यो घटनाबाट स्तब्ध भएको भन्दै निन्दा गरेका छन्। स्लोभाकियाका राष्ट्रपति जुजाना क्यापुटोभाले प्रधानमन्त्रीमाथि हमला हुनुलाई भयानक र नीच काम भएको भन्दै यसलाई लोकतन्त्रमाथिको आक्रमण पनि भनेकी छन्।

    गोली हानेको आशंकामा पक्राउ परेका व्यक्तिबारे भने उनले कुनै जानकारी दिएकी छैनन्। सम्भव भएसम्म थप जानकारी प्रहरीले दिने उनले बताएकी छन्।

    ‘यो समयमा हामी सबैले ध्यान केन्द्रित गर्नुपर्ने सबभन्दा महत्त्वपूर्ण कुरा भनेको रोबर्ट फिकोको अवस्थामा चाँडै सुधार होस् भन्ने हो,’ टाइम्सले राष्ट्रपति क्यापुटोभाका भनाइ उद्धृत गर्दै लेखेको छ।

    सन् २०१८ मा प्रधानमन्त्रीको पद छाडेका फिको गत सेप्टेम्बरमा भएको आम चुनावपछि सत्तामा फर्किएका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ