• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    नेपाल र तिब्बतबीच सहायता परियोजनाबारे छलफल, सिमानाका नागरिकको जीवनस्तर सुधार गरिने ​​​​​​​

    563
    SHARES



    काठमाण्डौ । नेपाल र तिब्बतबीच सहायता परियोजनाबारे छलफल भएको छ । बुधबार ल्हासामा सम्पन्न सहायता परियोजनाको पहिलो बैठक बसेको हो ।

    बैठकमा नेपालमा सञ्चालन हुने सहायता परियोजनामा केन्द्रित रहेर छलफल भएको ल्हासामा रहेको नेपालको महावाणिज्य दूतावासले जनाएको छ ।

    बैठकमा परियोजनासम्बन्धी समन्वय संयन्त्र गठन गर्ने, परियोजनाको प्रारूप छनोट, कार्यान्वयन एवम् अनुगमनबारे विचार-विमर्श भएको थियो । दुवै पक्षले यो वर्षको मध्यतिर दुई पटक बैठक गर्ने तथा अन्त्यमा परियोजना कार्यान्वयनको समीक्षा गर्न सहमति जनाएका छन् ।

    बैठकमा दुवै पक्षले तिब्बतसँग सिमाना जोडिएका नेपाली भू-भागका नागरिकको जीवनस्तर सुधारमा सहयोग बढाउन पनि सहमति जनाएका महावाणिज्य दूतावासले जनाएको छ ।

    बैठकमा नेपाली पक्षको नेतृत्व सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमलप्रसाद भट्टराईले गर्नुभएको थियो भने चिनियाँ पक्षको नेतृत्व तिब्बतको विदेश मामिला कार्यालयका उच्च अधिकारीले गर्नुभएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया