• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    समाचार

    ललितपुरका शिक्षण संस्थाले गरेको शुल्कवृद्धि खारेज गर्न माग

    1.7K
    SHARES



    काठमाडौँ । मोहन वैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ललितपुरले शिक्षण संस्थामा गरिएको शुल्क वृद्धि खारेज गर्न माग गरेको छ । संगठनले ललितपुर जिल्लामा रहेका सम्पूर्ण शिक्षण संस्थाहरूले शुल्क बढाएको भन्दै त्यो खारेज गर्न माग गरेको हो ।

    शिक्षण संस्थाहरूले विद्यार्थीबाट विभिन्न शीर्षकमा शुल्क उठाउने, अत्यधिक शुल्क वृद्धि गर्ने जस्ता कार्य भइरहेको भन्दै तत्काल फिर्ता लिन भनेको छ ।

    प्रारम्भिक चरणबाटै प्रवेश परीक्षाको नामबाट विद्यार्थीको पढ्न पाउने अधिकारबाट वञ्चित गर्ने, खेलकुद सामाग्री, कापी/किताब लगायत स्टेशनरी सामाग्रीको व्यापार विद्यालय हाताभित्र नै गर्ने जस्ता अनैतिक र अवैधानिक गतिविधि भइरहेको विद्यार्थी र अभिभावकको व्यापक गुनासो आइरहेको संगठनका केन्द्रीय सदस्य तथा ललितपुर जिल्लाका कार्यवाहक संयोजक विष्णु महर्जनले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

    नेपालको संविधानको धारा ३१ को उपधारा २ मा उल्लेख भएबमोजिम आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क साथै माध्यमिक तहसम्मको शिक्षा निःशुल्क भनिएको भएपनि कार्यान्वयन नभएको क्रान्तिकारीको ठहर छ ।

    निजी विद्यालयहरूले गरेको शुल्कवृद्धि अविलम्ब खारेज गर्न र अन्य अनैतिक गतिविधि नगर्न सबै शिक्षण संस्थाहरूलाई अनुरोध गरेको छ । यस्ता प्रकारको अवैधानिक गतिविधि बन्द गर्न सरकारलाई समेत आग्रह गरेको छ ।

    यस्ता कार्य भएरगरेको पाईएमा संगठनले कडा संघर्ष गर्ने र त्यसबाट उत्पन्न परिस्थितिको जिम्मेवार सम्बन्धित पक्ष नै हुनुपर्ने चेतावनी दिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ