• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा युएईसँग खेल्ने

3.3K
SHARES



काठमाडौं । नेपालले ओमानमा जारी एसीसी प्रिमियर कप २०२४ को सेमिफाइनलमा युएईसँग खेल्ने पक्का भएको छ ।

समूह चरणको अन्तिम खेलमा ओमानले कुवेतलाई ४६ रनले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको छ ।

नेपाल समूह ए बाट ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रह्यो । हङकङकङ ४ खेलमा २ मा जित र २ मा हारसहित ४ अंकका साथ नेटरनरेटमा कतारलाई पछि पार्दै उपविजेता बनेर सेमिफाइनलमा पुग्यो ।

समूह बी बाट ओमान ४ खेलमा अपराजित रहँदै शीर्षस्थानमा रह्यो । युएई ४ खेलमा ३ मा जित र १ मा हारसहित ६ अंकका साथ दोस्रो स्थानमा रह्यो ।

सेमिफाइनलमा नेपालले युएई तथा ओमानले हङकङसँग खेल्नेछन् । नेपालले समूह चरणमा मलेसियालाई ५ विकेट, कतारलाई ३२ रन, हङकङलाई ९ विकेट र साउदी अरेवियालाई ६ विकेटले हराएको थियो ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ