• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

News Portal

  • आज :

खेलकुद

हङकङलाई ८ विकेटले हराउँदै सेमिफाइनलमा नेपाल

2.1K
SHARES



काठमाडौँ। साविक विजेता नेपाल एसीसी प्रिमियर कपको सेमिफाइनलमा पुगेको छ ।

सोमबार हङकङलाई ८ विकेटले पराजित गर्दै समूह ‘बी’ मा रहेको नेपाल एक खेलअगावै सेमिफाइनलमा पुगेको हो ।

नेपालले ३ खेलबाट अपराजित रहँदै ६ अंक जोडेको छ । ३ खेलबाट १ जितसहित २ अंक जोडेको हङकङ भने प्रतियोगिताबाट बाहिरिएको छ ।

हङकङले दिएको ११५ रनको लक्ष्य पछ्याएको नेपालले १२.२ ओभरमा २ विकेट गुमाउँदै ११७ रन बनायो। नेपालका ओपनर आशिफ शेखले सर्वाधिक ४० रन बनाए। १८ बल खेलेका उनले ३ चौक र ३ छक्का प्रहार गरे ।

यस्तै, कुशल भुर्तेलले १९ बलमा ३ चौका र २ छक्कासहित ३२ रन बनाए। पहिलो विकेटको लागि आशिफ र कुशलले ७० रनको साझेदारी गरेका थिए ।

  
सञ्चारकेन्द्र
[email protected]

नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

सञ्चारकेन्द्रबाट थप +
प्रतिक्रिया

आजको ट्रेन्डिङ