• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    ‘प्यालेस्टाइनलाई छुट्टै राष्ट्रका रूपमा मान्यता दिन तयार छौँ’

    1.5K
    SHARES



    काठमाडौँ। मध्यपूर्वमा तनाव समाप्त गर्ने दिशामा कदम चाल्ने  भन्दै स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिन स्पेन तयार रहेको बताए ।

    स्पेनी कांग्रेसलाई सम्बोधन गर्दै पेड्रोले भने, ‘यो युरोपको भौगोलिक हितमा रहेको छ ।’ उनले मान्यताको लागि युरोपेली सङ्घका नेताहरूको समर्थन प्राप्त गर्ने प्रयास गर्ने पनि बताएका छन् ।

    पेड्रोले गाजामा इजरायलको आक्रमणलाई अनुचित रहेको पनि बताएका छन् । उनले सुरुदेखि नै हमासविरुद्ध इजरायलको कारबाहीको आलोचना गर्दै आएका छन् ।

    यसअघि अस्ट्रेलियाका विदेशमन्त्री पेनी वङले पनि प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिनु शान्तितर्फको राम्रो कदम हुने बताएका थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ