• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    पाकिस्तानका प्रधानमन्त्री शाहबाज र साउदी अरबका युवराजबीच भेटवार्ता

    1.4K
    SHARES



    काठमाडौँ। पाकिस्तानका प्रधानमन्त्री शाहबाज सरिफ र साउदी अरबका युवराज मोहम्मद बिन सलमानबीच भेटवार्ता भएको छ ।

    भेटका क्रममा विद्रोही समूह हमास र इजरायलबीचको तनावको अन्त्य गरी शान्तिको अपिलसँगै भारतका बारेमा पनि कुराकानी भएको बीबीसीले जनाएको छ । दुवै नेताले भारत र पाकिस्तानबीच सकारात्मक वार्ताको आवश्यकता रहेको बताएका खबरमा भनिएको छ ।

    बैठकमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि भारत र पाकिस्तानबीच लामो समयदेखि चल्दै आएको जम्मु-कश्मीर विवादको समाधान आवश्यक रहेको र यसका लागि वार्ता नै एकमात्र उपाय भएको विषयमा छलफल भएको छ ।

    पाकिस्तानले लामो समयदेखि आर्थिक समस्याको सामना गर्दै आएको छ र यसका लागि साउदी अरबको सहयोग खोजिरहेको खबरमा उल्लेख छ ।

    यसका लागि पाकिस्तानले धेरै क्षेत्रमा साझेदारी र लगानी खोजिरहेको छ । साउदी अरबले पाकिस्तानमा ५ करोड अमेरिकी डलर लगानी गर्ने सहमति गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ