• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    म्यानमारको विद्रोही सेनाको कब्जामा ‘म्यावड्डी शहर’

    1.2K
    SHARES



    काठमाडौँ। म्यानमारको विद्रोही सेनाले थाइल्याण्डसँग सिमाना जोडिएको ‘म्यावड्डी शहर’ कब्जा गरेको छ । ‘म्यावड्डी सहर’ को सुरक्षामा खटिएको सेनाले विद्रोही समूहसमक्ष आत्मसमर्पण गरेका बीबीसीले जनाएको छ ।

    ३ वर्षअघि म्यानमारको सत्ता कब्जा गरेको सैन्य शासकका लागि यो अर्को ठूलो हार हो । केही महिनाअघि चीनको सीमा नजिकको शान राज्य र बंगलादेशको सीमा नजिकको रखाइन राज्यका धेरैजसो ठाउँ पनि विद्रोही सेनाले कब्जा गरेको थियो ।

    थाइल्याण्डसँग म्यानमारको धेरैजसो स्थल व्यापार ‘म्यावड्डी सहर’ बाट हुने भएकोले पछिल्लो हार सेनाका लागि ठूलो धक्का रहेको बीबीसीले जनाएको छ । म्यानमारको क्यारन विद्रोही सेनाले सैन्य कु को विरोधमा लडाइँ गरिरहेको छ ।

    यस्तै, रुसले कजाकिस्तान नजिकैको दक्षिणी युरालमा बाँध फुटेपछि आएको बाढीका कारण ओरेनबर्ग क्षेत्रबाट चार हजार मानिसलाई सुरक्षित स्थानमा सारिएको बताएको छ ।

    कजाकिस्तानको सिमानामा पर्ने ओर्स्क सहरमा बाँध फुटेपछि आपत्कालीन सेवाहरूले रातभर काम गरिरहेका छन् । ओरेनबर्गका गभर्नरको प्रेस सेवाले एक हजार १९ बालबालिकासहित चार हजार दुई सय आठ जनालाई सुरक्षित स्थानमा सारिएको र शुक्रबारको मुसलधारे वर्षाले बाँध फुटेपछि दुई हजार पाँच सयभन्दा धेरै घर बाढीबाट प्रभावित भएको बताएको छ ।

    रुसले सन् २०१४ मा निर्माण गरिएको बाँध फुट्नुमा ‘लापरवाही र निर्माण सुरक्षा नियमहरूको उल्लङ्घन’ का लागि आपराधिक मामिला खोलेको छ । ओरेनबर्ग क्षेत्रीय गभर्नर डेनिस पास्लरले विशेषज्ञहरूले बाँध ‘अलग अलग वजनका लागि’ बनाइएको र वर्षाको स्तर ‘असाधारण’ रहेको आकलन गरेको बताएका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ