• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    न्यूयोर्कमा भूकम्पको धक्का

    1.8K
    SHARES



    न्युयोर्क । अमेरिकी सहर न्युयोर्कमा शुक्रबार भूकम्प गएको छ । न्यूयोर्क टाइम्सका अनुसार यसको तीव्रता ४.८ म्याग्निच्युड रहेको थियो ।

    अमेरिकी समय अनुसार शुक्रबार बिहान १० बजेर २० मिनेटमा गएको यो भूकम्पको धक्का फिलाडेल्फिया र बोस्टनसम्म महसुस गरिएको थियो । घटनापछि केही समय पूर्वी तटीय क्षेत्रका धेरै विमानस्थलबाट उडानहरू रोकिएका थिए।

    यस भूकम्पबाट कुनै क्षति नभएको प्रहरीले जनाएको छ । तर, अलर्ट साइरन भने बजाइएको थियो। सहरका मेयर एरिक एडम्सका प्रवक्ता फेबियन लेवीले भने- सानो भूकम्प आएको थियो, क्षतिको कुनै खबर छैन।

    न्यूयोर्क र न्यु जर्सीमा प्रायः साना भूकम्प आउँछन् र धेरैजसो त्यसलाई ध्यान दिँदैनन्। सन् २०२३ को मे महिनामा यहाँ २.२ म्याग्निच्युडको भूकम्प गएको थियो । सन् २०२३ को अप्रिलमा ३.६ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    सन् २०११ मा भर्जिनियामा ५.८ म्याग्निच्युडको भूकम्प गएको थियो । न्यूयोर्कमा सबैभन्दा ठुलो भूकम्प सन् १८८४ मा गएको थियो ।

    यसको तीव्रता ५.२ म्याग्निच्युड थियो। सन् २००८ मा गरिएको एक अध्ययन अनुसार न्युयोर्क र आसपासका क्षेत्रमा ५ म्याग्निच्युडको भूकम्प आउने सम्भावना रहे पनि सय वर्षमा एकपटक मात्रै आउने गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ