• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अन्नपूर्ण आधार शिविर क्षेत्रमा सुरक्षाकर्मी परिचालन

    619
    SHARES



    म्याग्दी। मौसम खराबी र भारी हिमपातका कारण अन्नपूर्ण प्रथम आधार शिविरमा भ्रमणमा गएका पर्यटकहरूको सुरक्षा तथा सहजीकरणका लागि सुरक्षाकर्मीको टोली परिचालन गरिएको छ। म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा रहेको आधार शिविर क्षेत्रमा गएरातिदेखि भारी हिमपात भइरहेको छ।

    अत्यधिक पर्यटकको आगमन र सञ्चारको पहुँच नभएकाले, पर्यटक बिरामी पर्न वा अलपत्र पर्ने जोखिम बढेको छ। यसै कारण, गाउँपालिकासँगको समन्वयमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली ‘मौरिस हर्जोग’ पदमार्ग हुँदै आधार शिविरमा पठाइएको छ।

    प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारीका अनुसार, हिमाली उद्धारकर्मी इन्द्रसिंह शेरचनसमेत टोलीसँग सहभागी छन्। टोली नारच्याङ हुँदै हुमखोलामा पुगेर आधार शिविर क्षेत्रमा निरीक्षण र सहजीकरण कार्यमा लाग्नेछ। जल तथा मौसम विज्ञान विभागको मौसम बुलेटिन अनुसार आगामी शुक्रबारसम्म हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना छ।

    यसै कारण जिल्ला प्रशासन कार्यालयले अन्नपूर्ण आधार शिविर जाने मार्गमा पूर्णरूपमा रोक लगाएको छ। गाउँपालिकाले पनि मौसम खराबीका कारण हिमपात भएका अन्नपूर्ण आधार शिविर, खोप्रालेक, मोहरेडाँडा, पुनहिललगायतका क्षेत्रको भ्रमणमा निस्किएका पर्यटकहरूलाई सुरक्षित रहन र सतर्कता अपनाउन आग्रह गरेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ