काठमाडौं । नेपाली कांग्रेसकी सांसद प्रतिमा गौत्तमले सत्तारुढ दलहरु गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने त्रासमा रहेको बताइन् ।
सोमबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै नेपाली कांग्रेसका सांसदहरुले उठेर विरोध जनाए हुन् ।
सभामुख देवराज घिमिरेले समय दिएपछि पार्टीका तर्फबाट बोल्दै कांग्रेसकी सांसद प्रतीमा गौतमले सहकारीको बचत हिनामिना गरेको भनी उपप्रधन तथा गृहमन्त्री रवि लामिछाने आरोपित रहेको बताए । यसै विषयमा आफूहरुले संसदीय छानबिन समिति गठनको माग गर्दा सत्तारुढ दलहरु तयार नहुनु आफैंमा शंकास्पद रहेको बताइन् ।
‘एउटा सहयात्री दलका अध्यक्ष गृहमन्त्रीलाई गुमाउनुपर्छ भन्ने मानसिक पीडमा सरकार देखियो, त्रसित देखियो । हामी बुझ्दछौं- सरकार टिकाउनुपर्ने छ । बाध्यताहरु होलान’ सांसद गौतमले भनिन् ।
जे जस्तो भएता पनि आरोप लागेपछि त्यसको पुष्टिका लागि जो कोही तयार हुनुपर्ने पनि उनले बताइन् । सांसद गौतम थप्छिन्, ‘उहाँहरु आ एम द स्टेट भन्नेमा हुनुहुन्छ । सहकारी ठगहरुको पक्षमा सरकार देखियो । आरोपित गृहमन्त्रीज्यु उजुरीलाई चिकर्टोको संज्ञा दिनुहुन्छ ।’
तर, सत्तापक्ष संसदीय छानबिनका लागि तयार नहुँदा समस्या भएको उनले बताइन् । ‘संसदीय छानबिन समितिसँग डराउनुपर्ने छैन । जहाँ सत्तापक्ष पनि त हुनुहुन्छ । यसमा डराउनु भनेको त्यहाँभित्र केही छ भन्ने बुझ्नपर्छ’ उनले भनिन्, ‘होइन भने यसलाई सहजतापूर्वक स्वीकार गरौं । छानबिनपछि आरोप हो वा होइन भन्ने पुष्टि हुन्छ । त्यसकारण यसमा डराउनुपर्दैन ।’
नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।
प्रतिक्रिया