• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    सिरियामा इजरायली हवाई आक्रमण, कम्तीमा ४२ जनाको मृत्यु

    1.5K
    SHARES



    दमास्कस । उत्तरपश्चिम सिरियामा भएको हवाई हमलामा कम्तीमा ४२ जनाको मृत्यु भएको छ ।

    सिरियाली रक्षा मन्त्रालयले इजरायली विमानले स्थानीय समय अनुसार बिहान २:४५ बजे अलेप्पो नजिकका धेरै ठाउँहरूलाई निशाना बनाएको जनाएको छ ।

    बेलायतमा रहेको अनुगमन संस्थाले हिजबुल्लाहको हतियार भण्डारलाई निशाना बनाएर गरिएको यस हमलामा हिजबुल्लाह लडाकुका साथै धेरै सिरियाली सैनिक मारिएको बताएको छ ।

    आक्रमणको केही घण्टापछि इजरायली सेनाले लेबनानमा भएको हवाई हमलामा हिजबुल्लाहका वरिष्ठ नेता अली अबेद अख्सान नइम मारिएको बताएको थियो ।

    इजरायली सेनाका अनुसार उनी हिजबुल्लाहको क्षेप्यास्त्र र रकेट इकाईका उपकमाण्डर थिए र इजरायली नागरिकहरूमाथि हमला गर्ने योजना बनाउने र अभियान सञ्चालन गर्न जिम्मेवार थिए ।

    इजरायलको दाबीमा हिजबुल्लाहको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

    हमासबाहेक सिरिया, इरान र हिजबुल्लाह सबै इजरायलको अस्तित्वको विरोध गर्छन् । अक्टोबर ७ मा हमासले इजरायलमा गरेको आक्रमणपछि इजरायल र हिजबुल्लाहबिच एक अर्कामाथि आक्रमण बढिरहेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ