• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    मनोरञ्जन

    भारतीय कमेडियन तथा बिगबोस विजेता मुनव्वर फारुकी पक्राउ

    2K
    SHARES

    काठमाडौं । भारतको मुम्बई प्रहरीले हुक्का पार्लरमा छापा मारेर स्ट्यान्ड-अप कमेडियन तथा टेलिभिजन रियालिटी शो ‘बिग बोस १७’ का विजेता मुनव्वर फारुकीसहित १३ जनालाई पक्राउ गरेको छ । यी सबैजना विरुद्ध मुद्दा पनि दर्ता भएको छ ।

    फारुकी बिग बोसको पछिल्लो सिजनका विजेता समेत हुन् । फोर्ट क्षेत्रको होटल सबलान हुक्का पार्लरमा सुर्तीजन्य पदार्थ सेवन भइरहेको जानकारी प्राप्त भएपछि प्रहरीले छापा मारेको थियो ।

    अवैध रुपमा चल्ने यो हुक्का पार्लरमा प्रहरीले छापा मारेर ४ हजार ४ सय भारु नगद र ५ सय भारु बराबरको ९ थान हुक्का बरामद गरेको थियो । चुरोट र अन्य तम्बाकु उत्पादन ऐनको धाराअन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

    मुनव्वरको नाम कुनै विवादमा जोडिएको यो भने पहिलोपटक होइन । सन् २०२१ मा उनीमाथि धार्मिक भावना भड्काएको आरोप लागेको थियो ।

    उनले आफ्नो एक स्ट्यान्डअप कार्यक्रममा हिन्दू देवता र देवीको बारेमा विवादास्पद टिप्पणी गरेको भन्दै आलोचना भएको थियो । उनीविरुद्ध धेरै राज्यमा एफआईआर पनि दर्ता भएको थियो । त्यसबेला उनी ३७ दिन हिरासतमा बसेका थिए ।

    विवादमा आएपछि मुनव्वरले पहिलो पटक सन् २०२२ मा कंगना रनौतको रियालिटी शो ‘लक अप’ मा भाग लिएका थिए । उनी उक्त सिजन १ को विजेता पनि थिए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ