काठमाडौं। दक्षिणपूर्वी ब्राजिलमा शुक्रबारदेखि परेको भारी वर्षाका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ ।
ब्राजिलका समाचार संस्थाका अनुसार सो बाढी र डुबानका कारण ५ हजार भन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।
एस्पिरिटो सान्तो र रियो दि जेनेरियो राज्यहरू भारी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका थिए । जहाँ क्रमशः १५ र ८ जनाको मृत्यु भएको थियो ।
अविरल वर्षाका कारण आएको बाढी र पहिरोमा परी उक्त्त राज्यका ५ हजारभन्दा बढी मानिसले घर छाड्नु परे पछि अस्थायी क्याम्पमा राखिएको छ ।
प्रतिक्रिया