• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :
    अन्तराष्ट्रिय

    रुसमा भएको आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ३३ पुग्यो

    1.6K
    SHARES



    काठमाडौँ। मस्कोको एक सांगीतिक कार्यक्रममा हिजो भएको बन्द्क आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या १ सय ३३ जना पुगेको छ ।

    यस्तै १ सय ४० जनाभन्दा धेरै घाइते भएका रुसी अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । घटना हुँदा झण्डै ६ हजार मानिस सांगीतिक कार्यक्रममा सहभागी थिए ।

    सांगीतिक कार्यक्रम शुरु हुनै लाग्दा बन्दुकधारीले अत्याधुनिक हतियारबाट जथाभावी गोली चलाएका प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै रुसी सञ्चारमाध्ययमहरुले जनाएका छन् ।

    आक्रमणमा प्रत्यक्ष संलग्न ४ जना सबै र अरु ७ जना गरी ११ जनालाई पक्राउ गरेर अनुसन्धान शुरु गरेको रुसको अनुसन्धान समिति (आईसीआर) ले जनाएको छ । कट्टरपन्थी समूह आईएसआईएससँग सम्बन्धित आईएसआईएस–केले सामाजिक सञ्जाल टेलिग्राममार्फत आक्रमणको जिम्मेवारी लिएको छ ।

    अफगानिस्तान र इरानमा सक्रिय यही समूहले काबुलमा रहेको रुसी दूतावासमा पनि आक्रमणको प्रयास गरेको थियो । घटनापछि राष्ट्रका नाममा सम्बोधन गर्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले घटना बर्बरतापूर्ण आतंकबादी कार्य रहेको बताउनुभएको छ ।

    उनले आक्रमणमा मारिएकाको स्मृतिमा आज राष्ट्रिय शोक दिवस घोषणा गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घ सहित विश्वभरका देशहरुले घटनाको निन्दा गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ